देउसी खेलेको रकम मृगौला पिडीत परिवारलाई

Published On: Tuesday, January 17, 2017 | Source: NRNA CYPRUS

nrn sahayog

 

पर्वत/साइप्रसमा देउसी खेलेकोको रकम पर्वतको कुर्घामा रहेको मृगौला पिडीत परिवारलाई सहयोग गरिएको छ । पर्वतको कुर्घा गाउँ बिकास समिति– २ को तिलोचन शर्माको परिवारलाई गैह्र आवासिय नेपाली संघ साइप्रसले गएको तिहारमा खेलिएको देउसी भैलोबाट बचेको रकम सहयोग गरिएको हो । मृगौंला पिडीत परिवारका लागि सहयोग संकलन अभियान चलाईरहेको एकता युवा क्लब पर्वतको संयोजनमा क्लबकी सदस्य सुस्मा पुन मार्फत रकम सहयोग गरिएको हो । 

कुस्मा बजारमा आयोजित कार्यक्रमका बिच संकलित १५ हजार ५ सय ४५ रुपैया सहयोग गरेका हुन । कुस्मा नगरपालिका प्रमुख कुमानसिंह गुरुङ्ग र क्लदबका सल्लाहकार बसन्तबहादुर सिकेले उक्त रकम पिडीत तिलोचन शर्मालाई हस्तान्तरण गरे । सोही अवसरमा कुस्मा नगरपालिकाको तर्फबाट नगद ५ हजार तथा आफ्नो जन्मोत्सबको अवसरमा गुरुकुल एकेडेमी कुस्माकी छात्रा पुर्णिमा गुरुङ्गले ३ हजार रुपैया समेत सहयोग गरेकी थिइन । एकता युवा क्लबका अध्यक्ष अच्युत तिवारीले पिडीत परिवारको घाउमा मल्हम लगाउन सहयोग संकलन अभियान जारी राख्ने जानकारी दिए । शर्माको परिवारका चार जना सदस्यको मृगौला फेल भएको छ। एक सन्तानको सोही कारणले ज्यान गैसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मृृगौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा मात्र मृगौला बाँकी छ । विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिले सम्म चार जनाको उपचार र बाँकी सदस्यको औषधी खर्च चलाउँदै आएको छ ।

15977529_760911367409974_6401299248998265206_n

 

जेठो छोरा प्रकाशको २०६३ सालमा २६ बर्षको उमेरमा मृगौलाकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनलाई मृगौला खराब भएको भन्ने जानकारी नभएपछि उपचारकै अभाबमा मृत्यु भयो । कान्छो छोरा दिपकको २३ बर्षको उमेरमा मृगौला प्रत्यारोपण गरिएको छ । उनलाई ठुलो दिदी शारदा शर्माले एउटा मृगौला दिएपछि प्रत्यारोपण गरिएको छ । माहिली छोरी श्यामलाको पनि दुबै मृगौला फेल भएपछि बाबु त्रिलोचनले एउटा मृगौला दिएका छन । गत फागुनदेखि श्रीमति प्रेमकुमारीको समेत दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले पोखरामा डायलासिस भैरहेको छ ।